देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वाइनफ्लुबाट काभ्रेपलाञ्चोकमा एकको मृत्यु

देशान्तर

धुलिखेल । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।

केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको डा अर्जुन सापकोटोले बताए । चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए ।

थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको टोली खटाएका डा अर्जुन सापकोटाले बताए । टोलीले त्यहाँका अन्य घरमा मानिस बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारी समेत लिनेछन् । साथै टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए ।