देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कांग्रेसको उपस्थितिले जनकपुरमा विपक्षीहरू तिल्मिलाउन थालेका छन्’

देशान्तर

जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नगर सभापति मनोज साहलाई टिकट दिएको छ । साह राजनीतिक परिवारमा हुर्किएका साहका पिता २०२६ सालदेखि नै कांग्रेसमा आबद्ध हुनुभएको हो । कांग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएका साह २०४४ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा संक्रिय हुनुहुन्छ । उहाँ सात वर्ष कुवारामपुर हाइस्कुलको सञ्चालक समितिको अध्यक्ष हुनुभयो । जनकपुरबासीमाझ उहाँ राजनीतिक अगुवाका रूपमा मात्र नभई सामाजिक अभियन्ताका रूपमा समेत चिनिनुहुन्छ । जनताको कामका लागि उहाँ रातदिन खटिरहनु भएको छ । उहाँ निक्कै सरल र भद्र स्वभावको हुनुहुन्छ । उहाँ आफ्नो नगरको विकासका लागि केही काम गर्ने योजनाका साथ चुनाबी प्रतिस्पर्धामा उत्रनु भएको छ । जसका कारण मनोजलाई चुनावमा जिताउन पाएमा जनकपुरको विकासले गति लिनेमा नगरवासी ढुक्क छन् । प्रस्तुत छ, असोज २ गते हुन गइरहेको क्षेत्र नंबर २ को चुनावका सन्दर्भमा केन्द्रित रहेर कांग्रेका तर्फबाट जनकपुर उपमहानगरको मेयरका उम्मेदवार मनोज साहसँग गरिएको कुराकानी :

चुनावको माहोल कसरी अघि बढिरहेको छ ?
विगतका स्थानीय तहको चुनावभन्दा यसपटकको चुनावको माहोल निक्कै फरक देखेको छु मैले । किनभने हिजोका दिनमा कांग्रेसमा टिकट दिँदा पार्टीभित्र लविङको कुरा पनि आउथ्यो । एउटा गुटले टिकट पाएपछि अर्को गुटका साथीहरू रिसाउने, प्रचारप्रसारमा नजाने अवस्था थियो । तर यस पटक त्यो अवस्था छैन, हामीकहाँ गुटको कुरा छैन । म सिंगो कांग्रेसको उम्मेदवारका रूपमा जनताको घरदैलोमा पुगेर मत मागेको छु । यहाँका जनताहरू कांग्रेस नै भरपर्दो र विश्वासिलो पार्टी हो, मधेसको मुद्दालाई कांग्रेसले उठाएको छ । त्यसकारण जसरी पनि कांग्रेसलाई जिताउनुपर्छ भनेर जनताहरू लागिपरेका छन् । यसका साथै विगतको अनुभवबाट स्थानीयले सिकेको महत्वपूर्ण पाठ भनेको के हो भने कांग्रेसजस्तो लोकतन्त्रप्रति निष्ठा भएको दलको सहयोगबिना जनकपुरवासीले यो सहरलाई सुन्दर सहरको कल्पना गर्न सक्दैनन् । त्यसकारण कांग्रेसलाई जिताउनुपर्छ भन्ने जनकपुरवासीको साझा एजेन्डा छ ।

सुन्दर नगरको सपना त अरू दलका उम्मेदवारहरूले पनि बाँडेका छन् नि । उनीहरूलाई भोट नदिएर कांग्रेसलाई नै किन त ?
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो । जबजब मुलुकमा राजनीतिक संकट आइपर्छ तब त्यसको समाधानका लागि अग्रसर हुने पार्टी नेपाली कांग्रेस नै हो । अर्थात् नेपाली कांग्रेस भनेको मुलुकको मियो पार्टी हो । त्यसकारण अन्य दलका उम्मेदवारले उठाएका कुरालाई यहाँका मतदाताले त्यति गम्भीर रूपमा लिएका छैनन् । एमाले मधेसी जनताको मागको विपक्षमा छ भन्ने जनताले राम्रोसँग बुझेका छन् । आफूलाई मधेसबादी दाबी गर्ने दलका नेताहरूप्रति यहाँका मतदाताको कत्ति पनि विश्वास छैन । त्यसकारण जनताका पीरमर्का बुझ्ने र त्यसको समाधान निकाल्ने पार्टी कांग्रेस नै हो । कांग्रेसका पक्षमा जनताले मत दिन्छन् । हामी चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छौं । जनकपुरलाई सुन्दर नगर बनाउने कांग्रेसको मूल चुनाबी एजेन्डा हो ।

त्यसो भए जनकपुर उपमहानगरपालिकामा कांग्रेससँग प्रतिस्पर्धा गर्ने को हुन्छ त ?
मधेस विरोधी गतिविधिका कारण एमाले जनकपुर उपमहानगरपालिका मात्र होइन, यो क्षेत्रमै पछाडि हुन्छ । अर्कातिर उम्मेदवार छनोटका विषयलाई लिएर एमालेभित्र मतभेद निक्कै बढेको छ । त्यस हिसाबले हेर्दा राजपा नेपालका उम्मेदवार हाम्रो प्रतिस्पर्धी हुन सक्छन् । तर जित कांग्रसको पक्का छ ।

फोरमले त आफ्नो अवस्था मजबुद भएको दाबी गरेको छ नि ?
फोरम नेपालसँग हाम्रो प्रतिस्पर्धा नै छैन । जनकपुरमा उसको उपस्थिति निक्कै कमजोर छ । फोरमलगायतका सबै दलका उम्मेदवार हामीभन्दा निक्कै पछाडि छन् ।

यहाँका उद्योगी, व्यापारी र बुद्धिजीवी के भन्छन् ?
यहाँका बुद्धिजीवी, उद्योगी, व्यापारी, व्यवसायीलगायत सबैले कांग्रेस जित्दा आफूलाई सुरक्षित ठान्छन् । कांग्रेसमाथि नै उनीहरूको भरोसा छ । कांग्रेसबाहेक अरूले जितेमा साना व्यापारी, ठूला व्यवसायी र उद्योगपति आफूलाई असुरक्षित ठान्छन् । त्यसैले उनीहरू कांग्रेसका पक्षमा खुलेर लागेका छन् । यसरी सबै बर्ग र समुदायको विश्वासका आधारमा कांग्रेसले जित्छ, यसमा कत्ति पनि शंका छैन ।

प्रचारप्रसारको काम कसरी अघि बढिरहेको छ ?
यतिबेला धनुषामा चुनावमय भएको छ । टोलटोलमा कांग्रेसको चारतारे झन्डा फहराएको छ । युवा, विद्यार्थी, तरुण, महिला, मजदुरलगायत समाजका सबै बर्ग र क्षेत्रका मानिसहरू आफ्नो व्यक्तिगत काम छाडेर अहिले प्रचारप्रसारमा खटेका छन् । पार्टी जिल्ला कार्यसमिति र भ्रातृ संस्था प”रै चुनाबमा होमिएको छ । नगर क्षेत्रमा हाम्रो उपस्थिति देखेर विपक्षीहरू तिल्मिलाउन थालेका छन् ।

सिंगो धनुषामा कांग्रेसले अवस्था कस्तो होला ?
धनुषामा ११ नगरपालिका, ६ गाउँपालिका र एउटा उपमहानगरपालिका गरी १८ वटा स्थानीय तह छ । १८ वटा पालिकामध्ये जनकपुर उपमहानगरपालिकासहित १५ पालिका कांग्रेसले जित्ने निश्चित पक्का छ ।