देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली यु–१९ क्रिकेट टोली मलेसिया प्रस्थान

देशान्तर

आगामी नोभेम्बरमा हुने एसीसी १९ वर्ष मुनिको एसिया कपको छनौट खेल अन्तर्गत इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ । आगामी आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ ।

यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी १९ वर्ष मुनिको एसिया कपमा स्थान बनाउनेछ ।

इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यता प्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् ।