देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीय नेपाली संघ अमेरीकाको अध्यक्षमा फेरि डा. पौडेल

देशान्तर

काठमाडौं ।  गैरआवासीय नेपाली संघ अमेरीकाको अध्यक्षमा डा.  केशव पौडेल पुनः निर्वाचीत भएका छन् । पौडेलले ४ हजार २ सय २९ मत सहित बिजयी भए । उनका निकटतम प्रतिद्धन्दी  रबिना थापाले ३ हजार ८५ मत पाइन् । त्यस्तै अध्यक्षका प्रत्यासीहरु कृष्ण पोखरेलले ९ सय ६४ र रामसी पोखरेले ७  सय ८३ मत पाए ।  बरिष्ठ उपाध्यक्षमा इन्जीनियर सुनिल शाह ४ हजार १ सय ४५ मत सहित बिजयी भए । उपाध्यक्षका अर्का प्रत्यासीहरु टेम्बा शेर्पाले ३ हजार २ सय ४१ मत पाए । त्यस्तै मध्यक्षेत्रीय उपाध्यक्षमा राधा पौडेल ४ हजार २ सय ९० मत, उत्तर क्षेत्रीय उपाध्यक्षमा राम कुमार सुवेदी २ हजार ८ सय ५१ मत, दक्षिण क्षेत्रीय उपाध्यक्षमा जेदु पोख्रेल ४ हजार ४६ मत र पश्चीम क्षेत्रीय उपाध्यक्षमा उमा कार्की थापाले ४ हजार १ सय ८४ मत सहित बिजयी भएका हुन् ।

महासचिबमा बाबुराम लामाले २ हजार ५ सय ९३ मत सहित बिजयी भए । त्यस्तै सचिबमा होमनाथ गौतमले २ हजार ७ सय १५ मतका साथ बिजयी भए । कोषाध्यक्षमा डा. प्रकाश अर्यालले २ हजार ८ सय २१ मत पाए भने सह कोषाध्यक्षमा पवन योञ्जन ५ हजार ८५ मत सहित बिजयी भएका छन् । महिला संयोजकमा इन्दीरा त्रिपाठी ४ हजार २८ मत सहित बिजयी भएकी छन् । युवा संयोजकमा स्वराज खाती सर्वसम्मत चयन भइसकेका छन् । एनसीसी अमेरीकाको बोर्ड अफ डाइरेक्टरमा डा. अर्जुन बञ्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, दिव्या के सी वली, सञ्जय थापा, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीतिसागर खत्री, आङ शेर्पा र बिश्णु शाह बिजयी भएका छन् ।

आइसीसी सदस्यमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्ली भट्टराई र बलराम थापा बिजयी भएका छन् । सन् २०१७–२०१९ कार्यकालका लागी १४ हजार ५ सय २० मतदाता रहेकोमा मंगलबार र बुधबार दुई दिन मतदान हुंदा ९ हजार २ सय ८२ मत खसेको थियो ।

यता टेक्सास च्याप्टरमा भानु खरेल, क्यालिफोर्निया च्याप्टरमा रामबाबु पाण्डे, कनेक्टीक च्याप्टरमा घनश्याम खडका,विस्कन्सिन च्याप्टरमा बुद्धि सुवेदी, जर्जिया च्याप्टरमा सुर्य लम्साल तथा नर्थ क्यारोलिना च्याप्टरमा बाबुराम पोखरेल , बिजयी भएका छन् ।