देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं नेशनल मेडिकल कलेज अवैध भएको छानवीन समितिको ठहर

देशान्तर

काठमाडौं । काठमाडौं नेशनल मेडिकल कलेज अबैध रुपमा संचालन भईरहेको पाईएको छ ।

कलेज संचालनका लागि मापदण्डबारे अनुगमन गर्न त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानवीन समितिले कलेज अबैध रुपमा संचालन भइरहेको जनाएको हो ।  कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानवीन समितिले जनाएको छ ।

बुधबार विहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेको टोलीले अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको संयोजक सनत देवकोटाले जानकारी दिएका छन ।

उनले मेडिकल कलेज संचालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा नभएकाले अस्पताल बैध रुपमा संचालन नभएको पुष्टि भएको बताए ।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहेको छानवीन समिति गठन गरेको थियो ।

समितिले गत शनिबारबाटै छानवीन प्रक्रिया थालेको थियो । छानवीनका क्रममा स्वास्थ्य मन्त्रालयको समेत अनुमति नलिएको पाइएको छ ।
संयोजक देवकोटाले अस्पतालले अध्ययण, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएको नपाइएको पनि स्पष्ट पारेका छन । अस्पतालमा स्वास्थ्य सेवा संचालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

त्यसै गरी अस्पतालमा अध्ययण, अध्यापणको काम गर्न त्रिभुवन विश्वविद्यालयले तोकिदिएको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर नेशनल मेडिकल कलेजले दुवै प्रक्रिया पूरा नगरेको पाइएको समितिको निष्कर्ष छ ।