देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेभेन ए साइड फुटबल छात्रतर्फ क्वाटरफाइनलको खेल आज

देशान्तर

काठमाडौं । वृहस्पति विद्या सदनको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार छात्रतर्फ ५ र छात्रा तर्फ २ समुह विजयी भएका छन् । वृहस्पतिको प्रांगण नक्सालमा भएको खेलमा छात्रतर्फ एल ए, रिपुमर्दिनी,पुष्प सदन,नेपाल पुलिस र वृहस्पति ए विजयी भएका हुन् । अरुणीमालाई २ गोल हान्दै एलएले जित हात पार्दा अरूणिमाले भने गोल गर्न सकेन ।

त्यस्तै, वृहस्पति शून्य हुँदा पुष्पसदनले १ गोल गर्यो । नेपाल पुलिसले ४ गोल गर्दा वृहस्पति बी शून्यमै सिमित रह्यो । रिपुमर्दिनीसँगको खेलमा भने वृहस्पति ए ले २ गोल गर्दै जित हात पार्यो । विजेता टिम क्वार्टरफाइनल प्रवेश गरेका छन् । क्वार्टरफाइनलको प्रतिस्पर्धा बुधबार हुनेछ । छात्रतर्फ वृहस्पति विद्या सदलनले पहिलो पटक अन्डर १२ को खेल आयोजना गरेको हो । छात्रतर्फ १२ वटा समुह सहभागि भएका थिए ।

त्यस्तै छात्रातर्फ आयोजित सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार २ वटा समुह विजेता भएका छन् । अरुणीमालाई २ गोलले हराउँदै सेन्ट जेभिएर र विद्या संस्कारविरुद्ध ३ गोल गर्दै एल ए विजयी भएका हुन् । सेमिफाइलमा एल ए विरुद्ध अरुणिमा र सेन्ट जेभियर विरुद्ध विद्या संस्कारबिच प्रतिस्पर्धा हुनेछ । उनीहरुको सेमिफाइनल खेल बिहिबार हुनेछ । छात्रातर्फ ८ वटा समुह सहभागि थियो । छात्रातर्फको प्रतिस्पर्धामा भने कक्षा १०सम्म अध्ययनरत छात्रा सहभागि छन् ।