देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल ताजिकिस्तानसँग २–१ लेपराजित

देशान्तर

काठमाडौं,

एएफसी एसियन कप छनोट फुटबलअन्तर्गतको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग पराजय व्यहोरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नै २ गोल खाएको नेपालले मध्यान्तरपछि १ गोल फर्काएको थियो । नेपालले २५औं मिनेटमा पहिलो तथा ३०औं मिनेटमा दोस्रो गोल खाएको हो । नेपालले ६१ औं मिनेटमा गोल गर्दै अन्तरमात्र कम गर्‍यो । बिमल घर्तीमगरले नेपाललाई गोल दिलाएका हुन् ।

समूह ‘एफ’मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो । ताजिकिस्तानले भने दुबै खेल हारेको थियो । नेपालले ताजिकिस्तानविरुद्ध पराजय व्यहोरेसँगै अर्को चरण पुग्ने सम्भावना कठिन बनेको छ । अंक समीकरणअनुसार नेपाल पुछारमा रहेको छ । समूहको शीर्ष दुईमा रहने टिम सन् २०१९ मा युएईमा हुने एसिया कपका लागि छानिनेछन् । समूहका सबै चार टोलीले एक–अर्काविरुद्ध ‘होम एन्ड अवे’को आधारमा कुल ६ खेल खेल्नेछन् ।