देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार नेपाल र ताजिकिस्तान भिड्दै

देशान्तर

काठमाण्डौँ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाले मंगलबार तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्ने छ । नेपाली समय अनुसार खेल दिउसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने भएको छ । एसियन कप छनोटका लागि शनिबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक भैसकेको छ ।

यस अघि का दुई खेलमध्ये नेपालले एउटामा हार र अर्कोमा बराबरी गरेको थियो । चैतमा फिलिपिन्समा ४–१ को हार बेहोरेर फर्केको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ, भने ४ अंक सहित यमन दोश्रो, १ अंक जोडेको नेपाल तेश्रो र अंकविहिन ताजकिस्तान पुछारमा छ ।