देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरिया विरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता

देशान्तर

काठमाडौं । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अबाँै अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ जनाए ।
गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन ।

घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ‘सवै विकल्प वार्ताका लागि टेबुलमा’ रहेको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए–इनलाई फोन गरी उत्तर कोरियाली ‘अस्थिर र उत्ताउलोे व्यवहार’ विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गरे, ह्वाइट हाउसले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ ।

दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो । विज्ञप्तिमा भनिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमति समेत जनाए ।

अर्को एक फोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेव सँग कुरा गर्दै काजकिस्तानसँगको २५ बर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराएको बताइएको छ ।

ट्रम्पले काजकिस्तानले क्षेत्रिय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्कोे प्रमुखको चयनका लागि देखाएकोे भूमिकाको प्रशंसा गरे ।

त्यसैगरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गरे । कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गरे । यसैविच अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष कार्यालय (नासा)को प्रमुखको नियुक्त गर्नुभएको छ ।

सन् २०१२ मा संसदमा निवार्चित जिमले संसदको विज्ञान, अन्तरिक्ष र प्रविधि समितिमा काम गर्दै आएका थिए । उनी पुर्व विमान चालक पनि हुन । उनले इराक र अफगानिस्तानमा सैन्य विमान चलाएका थिए । नासाको नव नियुक्त प्रमुख ब्रिडेन्सटीन ट्रम्पका समर्थक हुन ।

उनी नियुक्त हुनु भन्दा अगाडी सात महिना सम्म नासा कार्यवाहक प्रशासकले चलाएका थिए । नासाको इतिहासमै पहिलो पटक कर्मचारीले नेतृत्व गर्ने अवसर रोबर्ट लाईटफुटलाई आइलागेको थियो । लाईटफुटले विज्ञप्तिमा भनेको छ । “हाम्रा प्रतिनिधि नेतृत्वकर्तामा आएकोमा म निकै खुशी छु, सांसद ब्रिडेन्सटीनले अव हाम्रो नेतृत्व गर्नेछ ।”