देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

देशान्तर

काठमाडौं । उत्तर कोरियाले आज बिहान परीक्षण गरेको एउटा व्यालेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।
जापानको उत्तरी होकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ुअभूतपूर्व, गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन्।
पहिलो घटना
उनले नागरिको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताए।
एकजना उच्च जापानी अधिकारीले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप जापानले ुउपयुक्त कदमु चाल्ने बताएका छन्।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो र पछिल्लो परीक्षणले तनाव बढाएको देखिन्छ।
प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो।

उसले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना समेत बनाएको चेतावनी दिएको थियो।
गुआम दक्षिण(पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ। स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार बिहानै परीक्षण गरिएको क्षेप्यास्त्र समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो।
उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।