देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु

देशान्तर

एजेन्सी, १२ भदौं – अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ । हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको त्यहाका अधिकारीहरुले जनाएका छन् ।

लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ । आँधीले कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् । मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ ।

२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल पनि बन्द गरिएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ । २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ ।

सडक, विद्युत, खानेपानी, टेलिफोन जस्ता अत्यावश्यक सेवाहरु लगभग ठप्प बनेका छन् राज्य सरकारले उद्धारका लागि सम्पूर्ण शक्ति लगाएको जनाएको छ ।