देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्लास्टिकको झोला प्रतिबन्धित

देशान्तर

केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना अथवा चार वर्ष सम्मको कैद सजाय दिने जनाएको छ ।

केन्याकी वातावरण मन्त्रीको अनुसार नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुगाउने छ ।  तर यसरी लगाइने प्रतिबन्धले गर्दा दशौं हजार व्यक्ति बेरोजगार हुने प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।  अफ्नो बचाउमा उनीहरुले दायर गरेको एक निवेदनलाई गत शुक्रबार उच्च अदालतले अस्वीकार गरिदिएको थियो ।

गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो । साथै अफ्रिकाको रुवाण्डा र इरिट्रियामा पनि प्लास्टिक प्रतिबन्धित छ ।

नाइरोबीस्थित बीबीसीकी एन सोइले थुप्रै केन्यालीहरुले सरकारको कदमलाई समर्थन गर्न सक्ने बताएकि छिन् । तर प्लास्टिकको झोलाको विकल्प नहुँदा उपभोक्ताहरु अप्ठ्यारोमा पर्न सक्ने जानाइएको छ ।