देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले दर्जनभन्दा बढी रसियाली र चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

देशान्तर

अमेरिकाले एक दर्जनभन्दा बढी रसियाली र चिनियाँ कम्पनी तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाको आणविक गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले ती कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको दुई सातापछि अमेरिकाले रसिया र चीनमाथि प्रतिबन्ध लगाएको हो ।

यसअघि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को प्रस्तावमाथि चीन र रसियाले समेत हस्ताक्षर गरेका थिए ।