देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेसबुक प्रयोगकर्ता घट्ने

देशान्तर

काठमाडौं ।  यो वर्ष अमेरिकामा युवा फेसबुक प्रयोगकर्ता घट्ने एक अध्यययनले देखाएको छ । विश्वभर फेसबुक प्रयोगकर्ता बढिरहेका बेला अमेरिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घट्ने डिजिटल प्रविधिको अनुसन्धान गर्ने संस्था ई–मार्केटरले जनाएको छ ।

ई–मार्केटरका अनुसार अमेरिकामा सन् २०१७ मा १ करोड ४५ लाख किशोरकिशोरीले फेसबुक प्रयोग गर्नेछन् । जुन अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत कम हो ।

विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको कुनै पनि उमेर समूहका प्रयोगकर्ता घट्ने देखिएको यो पहिलो पटक हो ।

युवा पुस्ता अहिले स्न्यापच्याट र फेसबुककै अर्को सोसल नेटवर्क इन्स्टाग्रामतर्फ लोभिन थालेकाले फेसबुक प्रयोगमा कमि आएको ई–मार्केटरले जनाएको छ ।

विश्लेषकहरुले युवा प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न तथा जोगाइराख्न  फेसबुकले केही नयाँ स्वाद दिनुपर्ने सुझाव दिएका  छन् ।