देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकै तीव्र गतीको रेल दौडाउने : चीन

देशान्तर

बेइजिङ । आफ्नै प्रविधिमा निर्माण भएको विश्वकै तीव्र गतीको रेल पुनः पटरीमा दौडाउने तयारीमा चीन जुटेको छ । २०१७ सेप्टेम्बरदेखि बेइजिङ र सांघाईबीच यो रेल दौडेको देख्न पाइने भएको छ ।

नयाँ पिढीको यो बुलेट ट्रेन ‘फुसिङ’ २१ सेप्टेम्बरदेखि दौडन सुरु गर्ने छ । यो रेलको अधिकतम गती प्रति घन्टा ४ सय किलोमिटरको हुनेछ । यो रेलले बेइजिङदेखि सांघाइबीचको १ हजार २ सय ५० किलोमिटरको दुरी केबल साढे ४ घन्टामा पुरा गर्ने छ ।

पहिले बेइजिङदेखि सांघाइको यात्रा गर्न ६ घन्टा लाग्थ्यो । चीनको रेलवे कर्पोरेसनले यो रेल विश्वकै तीव्र दरमा गुड्ने व्यापारिक प्रयोजनको रेल भएको बताएका छन् ।

चीनले प्रतिघन्टा ३ सय ५० किलोमिटरको दुरीमा चल्ने रेलको सुरुवात २००८ को अगस्टमा गरेको थियो । यो रेल बेइजिङ र तियानजिन बीच चल्ने गरेको थियो ।

तर २०११ मा भएको दुर्घटनापछि यो रेलको गतीलाई घटाएर २ सय ५० देखि ३ सय किलोमिटर प्रति घन्टा कायम गरिएको थियो । फुसिङ रेललाई पहिलो पटक जुनमा प्रदर्शन गरिएको थियो । २७ जुलाईमा यसको परिक्षण सञ्चालन गरिएको थियो ।

अब २१ सेप्टेम्बरदेखि यो रेलले राउन्ड ट्रिप पुरा गर्नेछ । यसको अधिकतम क्षमता ४ सय किलोमिटर प्रति घन्टा हुनेछ । चीनमा विश्वकै लामो अर्थात २२ हजार किलोमिटरको उच्च गतीको रेल नेटवर्क छ ।