देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बदाम एलर्जीको ‘प्रभावकारी उपचार’

देशान्तर

बदामको एलर्जीका लागि प्रयोग गरिएको एउटा औषधीले चार वर्षपछि पनि काम गरेको एउटा अध्ययनले देखाएको छ।

बच्चाहरुलाई बदाम प्रोटिनको प्रोबायोटिक दैनिक १८ महिनासम्म दिइएको थियो।

औषधी छोडेको एक महिनापछि परीक्षण गर्दा ८० प्रतिशतले बदाम पचाएको देखियो।

चार वर्षपछि उनीहरुको पुन: परीक्षण गर्दा ७० प्रतिशतले कुनै एलर्जी बिना बदाम खाइरहेको पाइयो।

प्रभावकारि

पछिल्ला दशकहरुमा खाद्य एलर्जीको संख्या बढ्दो छ । बदामको एलर्जी कडा एलर्जीमध्ये एक रहँदै आएको छ।

मुख्य अनुसन्धानकर्ता मुर्डोक चिल्ड्रेन रिसर्च इन्टिच्यूट मेलबर्न सम्बद्ध प्राध्यापक मिमि टाङले भनिन्, “अनुसन्धानमा रहेका आधाजतिले नियमित रुपमा बदाम खाइरहेका छन् र अरुले कहिलेकाहिँ खाने गरेका छन्।”

बदामको एलर्जीको औषधी यति लामो समयसम्म प्रभावकारी रहेको यो पहिलोपटक भएको प्राध्यापक टाङले बताइन्।

अष्ट्रेलियाली अनुसन्धान टीमले उक्त अनुसन्धानले बच्चाहरुको जीवनको गुणस्तर जाँच्न चाहेको बतायो।

संसारमा २५ करोड मानिसहरु खानेकुराको एलर्जीबाट पीडित छन् । गत बीस वर्षमा त्यो संख्या तेब्बर बढेको बताइएको छ।

अध्ययन ‘द ल्यान्सेट चाइल्ड एण्ड एडोलसेन्ट हेल्थ’ भन्ने जर्नलमा छापिएको छ।

यसलाई पश्चिमा समाजमा भएको एलर्जी समस्याको प्रभावकारी उपाचार खोज्ने क्रमको महत्वपूर्ण कदमका रुपमा हेरिएको बताइएको छ।