देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने यसो गर्नुस्

देशान्तर

के तपाईँ कपाल झर्ने समस्याले दुःखी हुनुहुन्छ । हुनु पनि स्वभाविक हो । कपाल झर्ने समस्याले तपाईँ मात्रै होइन जो कोही पनि दुखित हुन्छन् । किनकी कपाल नझरोस भनेर अनेक उपाय अपनाउँदा पनि समाधान चाही हुँदैन । उल्टो समस्या बढेरै जान्छ । तर, तपाईँको झर्ने कपाललाई नझर्ने बनाउन तपाईँको आहारमा परिवर्तन ल्याउनु जरुरी छ ।

कपाल झर्नुको कारण तपाईँको स्वास्थ्य सँग सिधा सम्बन्ध हुन्छ । तपाईँको स्वास्थ्यमा अलिकति पनि केही समस्या भयो भने तपाईँको कपाल झर्न सुरु हुन्छ । यस्तो अवस्थामा यदि तपाईँ आफ्नो झर्ने कपाललाई रोक्न चाहनुहुन्छ भने तपाईँ आफ्नो खानपानमा ध्यान दिनुस ।

यदि तपाईँ कपाल झर्ने समस्याबाट राहत पाउन चाहनु हुन्छ भने सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिनुस् । पौष्टिक भोजनको मद्ददले कपाल झर्ने समस्यामा राहत पाउन सकिन्छ । कसरी रोक्ने त कपाललाई जानौँ यि पाँच खाद्य पदाथलाई जसलाई नियमित आहारमा सहभागि गराएर सेवन गर्नाले तपाईँको कपाल झर्न बन्द हुन्छ ।

अन्डा : बायोटिन र भिटामिनले भरपूर अन्डा कपालको विकासको लागि र स्वास्थ्यको लागि राम्रो हो । अन्डा खानु मात्रै नभई अन्डामा ओलिभ ओयलमा मिसाएर कपालमा लगाउनाले पनि फाइदा हुन्छ । २ टा अन्डामा ४ चम्मच ओलिभ ओयल मात्रै प्रयोग गर्ने र पातलो पेस्ट बनाउने । तयार पेस्टलाई कपालको जरामा लगाएर केही बेर मसाज गर्ने । लगभग ३० मिनट पनि कपाल धुने ।

पालगको साग : आइरन र फोलेटको निकै नै राम्रो स्रोत हो पालग, जुक कपालको विकास गर्नमा मद्दतगार हुन्छ । त्यसका साथै फोलेटले रक्त कोशिकाहरुलाई पनि निर्माण गर्नमा मद्दत गर्छ, जसले कपालमा अक्सीजन दिने काम गर्छ । भोजनमा पालगको प्रयोग सलादको रुपमा पनि गर्न सकिन्छ ।

भिँडे खुर्सानी : रातो, पहेँलो र हरियो रंगमा पाइने भिँडे खुर्सानी भिटामिन सी ले भरपूर हुन्छ, जुन कपालको स्वास्थ्यका लागि पनि धेरै जरुरी हुन्छ । भिटामिन सी ले रक्त कोशिकाहरुमा आईरनको मात्रालाई पुरा गर्ने काम गर्छ । भिटामिन सी को कमीका कपालमा सुक्खापन बढ्छ र कपाल टुक्रिन थाल्छ ।

मसूरोको दाल : सोयाबीन, स्टार्चयुक्त बीन्स ९सिमि० र मटर शाकाहारीहरुका लागि आइरनले भरपुर हुन्छ र प्रोटीनको राम्रो स्रोत हो।यि सबै पदार्थ कपालको विकासको लागि अत्यन्त आवश्यक हुन्छ ।

सक्खरखण्ड : भिटामिन र बीटा क्यारोटिनले भरपूर सक्खरखण्ड कपालको विकासमा सहयोगी हुन्छ । बीटा क्यारोटिनको अन्य स्रोत गाजर र फर्सी पनि हो ।