देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनसुनमा स्वास्थ्य सुरक्षा

देशान्तर

मलेरिया
वर्षामा जताततै जमेको पानीमा मौलाउने लामखुट्टे मलेरियाको कारण बन्छ । वर्षामा हुने यो सबैभन्दा आम रोग हो । हामी सबैले मलेरियाबाट सुरक्षित हुनु आवश्यक छ किनभने यसबाट धेरैको ज्यान जानसक्छ ।

लक्षण : काम ज्वरो आउनु, टाउको दुख्नु, उल्टी आउनु, शरीर दुख्नु, मांसपेशीमा पीडा, कमजोरी आदि ।
सुरक्षा :

– लामखुट्टेका कारण हुने यो रोगबाट जोगिने सबैभन्दा सरल उपाय लामखुट्टेलाई समाप्त गर्नु हो ।

– घर वरिपरि पानी जम्मा हुुन दिनु हुँदैन ।

– मच्छरनिरोधक क्वायल, लिक्विड तथा झुलसँगै लामखुट्टे मार्ने औषधिसमेत प्रयोग गर्नुपर्छ ।

– माथिका कुनै लक्षण देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

हैजा : दूषित पानी वा खाना हैजाको कारण बन्छ । यसलाई बेवास्ता गर्नु हुँदैन । त्यसैले हाइजिन, खानपान एवं सरसफाइमा विशेष सावधानी अपनाउनुपर्छ ।

लक्षण : चर्को पेट दुस्खाइ, डायरिया, उल्टी आउनु तथा ज्वरो ।
-सुरक्षा :

– वासस्थान वरपर हैजा फैलने सम्भावना बढी छ भने वर्षा प्रारम्भ हुनुभन्दा पहिले हैजाविरुद्ध खोप लगाउनुपर्छ ।

-पानी उमालेर मात्र पिउनुपर्छ । खाना राम्रोसँग पकाएर खानुपर्छ । खाना
छोपेर राख्नुपर्छ ।

-खुल्ला सडकमा बिक्री हुने खानेकुराबाट जोगिनुपर्छ । खाना खानुपूर्व एवं शौचालय प्रयोग गरेपछि राम्रोसँग एन्टिब्याक्टेरियल साबुनले हात धुनुपर्छ ।

-पर्सनल हाइजिनको विशेष ख्याल राख्नुपर्छ र आफ्नो घरलाई पनि सफा राख्नुपर्छ ।

-डेरी प्रोडक्टबाट जोगिनुपर्छ ।

-हाइड्रेसनको ख्याल राख्नुपर्छ ।

टाइफाइड
मनसुनमा दूषित पानी तथा खानाका कारण टाइफाइड हुन्छ । यो बिरामीको सबैभन्दा खतरनाक कुरा के हो भने उपचार भएपछि पनि बिरामीको गल ब्लाडरमा यसका कीटाणु लुकेर बस्नसक्छन् ।

लक्षण : लामो समयसम्म ज्वरो आउनु, तीव्र रूपमा पेट तथा टाउको दुख्नु ।

जोगिने उपाय स् मनसुन प्रारम्भ हुनुपूर्व नै टाइफाइडविरुद्ध खोप लगाउने । हाइजिनको ख्याल राख्ने । लक्षण देखा पर्नेबित्तिकै चिकित्सकको सेवा लिने । टाइफाइडका बिरामीले पर्याप्त मात्रामा झोलपदार्थ सेवन गर्ने । संक्रमण हुनसक्ने भएकाले रोगीलाई अरुबाट टाढै राख्नुपर्छ ।

भाइरल फिवर
यो एउटा आम समस्या हो जुन बदलिँदो मौसमसँगै देखिन्छ । मनसुनमा यो अझ तीव्र रूपमा फैलन्छ ।
लक्षण : लगातार हाछ्युँ आउनु, घाँटी खराब हुनु आदि ।

जोगिने उपाय स् यसबाट जोगिने सबैभन्दा सरल उपाय हो–वर्षाको पानीमा नभिज्नु । भिजिहाले एक गिलास बेसारयुक्त तातो दूध पिउनुपर्छ भने मनतातो पानीले कुल्ला गर्नुपर्छ । आफूलाई न्यानो राख्नुपर्छ ।

स्टमक इन्फेक्सन
ग्यास्टिकजस्तो पेटको समस्या यो मौसममा आम कुरा हो जसका कारण बान्ता तथा डायरिया हुन्छ । पेटको आन्द्रा पोलेर बिरामीलाई समस्या हुन्छ । ब्याक्टेरियल वा भाइरल इन्फेक्सन यसको कारण हुन्छ ।
लक्षण : तार बान्ता एवं डायरिया ।

जोगिने उपाय स् साबुनपानीले राम्रोसँग हात धुनुपर्छ । भान्सामा प्रयोग हुने भाँडाहरूको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । कटिङ बोर्डको सफाइ गर्नुपर्छ । काटेर राखिएका फल तथा सब्जीलाई लामो समय त्यत्तिकै छोड्नु हुँदैन ।

यसबाहेक डेंगु, चिकनफक्स, हेपाटाइटिस, लेप्टोस्पाइरोसिस, जन्डिस आदि पनि मनसुनको सिजनमा चाँडै फैलन्छन् । यी सबैको कारण लामखुट्टे हुनसक्छ वा दूषित खाना र पानी । त्यसैले यी
सबैबाट जोगिनुपर्छ र सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

वर्षामा उपयुक्त भोजन
-मनसुनका बेला काँचो तरकारी स्वस्थकर हुँदैन । त्यसैले तरकारी उमालेर वा पकाएर मात्र खानुपर्छ ।

-फलामले एनर्जीलाई रिस्टोर गर्न
सहयोग पुर्‍याउँछ ।

-अनार, प्लम, लिची आदि मौसमी फल तथा गाजर, मुलाजस्ता मौसमी तरकारीलाई आफ्नो भोजनमा समावेश गर्नुपर्छ ।

-तरबुजा र खरबुजाजस्ता पानीले भरपूर फल खानुहँुदैन, कारण त्यसबाट शरीर सुन्निन सक्छ ।

-केराउ, चना, बेसनजस्ता सुख्खा खाद्यपदार्थलाई भोजनमा समावेश गर्नुपर्छ ।

-ब्राउन राइस, ओट्सजस्ता स्वस्थकर एवं पौष्टिक खानेकुरालाई भोजनमा समावेश गर्नुपर्छ ।

-दूधको साटो दही सेवन गर्नु फाइदाजनक हुन्छ ।

-लप्सी, टमाटर, कागतीजस्ता अमिला फलले शरीरमा वाटर रिटेन्सन बढाउँछन् । अतस् यिनबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

-वर्षामा प्रायस् मानिस आवश्यकताभन्दा बढी चिया–कफी पिउँछन् । यसो गर्दा डिहाइड्रेट हुन सक्छ । त्यसैले चिया–कफीको सेवनको साटो हर्बल टी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-शरीरलाई डिटक्सिफाइ गर्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानी उमालेपछि छानेर पिउनु उपयुक्त हुन्छ ।

-वर्षामा शरीरको रोगप्रतिरोधक क्षमता कमजोर हुन्छ । यस्तोमा इम्युनिटी बढाउने खानेकुरा ड्राइफ्रुट्स, अमला, मौसम आदि प्रयोग गर्नुपर्छ ।

-करेला, निम एवं बेसारमा एन्टिअक्सिडेन्ट तथा औषधीय तत्व हुन्छ, यिनले यो मौसममा इन्फेक्सनबाट जोगाउँछन् ।