देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय पौडीमा गौरीकाको कीर्तिमान

देशान्तर

काठमाडौं । काठमाडौंमा विहिवार देखि सुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन ।
बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९।०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२।०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ ।