देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमा क्षेत्र लदाखमा भारत र चिनियाँ सेनाबीच झडप

देशान्तर

काठमाडौं । भारतीय अनलाईन मिडियाहरुका अनुसार लामो समयदेखि कायम चीन भारत सीमा बिबाद बढि रहेको समयमा बुधबार दिउसो लदाख क्षेत्रमा खटिएका चीन र भारतका सुरक्षाकर्मी बीच झडप भएको छ ।

भारतीय रक्षा मन्त्रालयका अधिकारीलाई हवाला दिदै उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको बताएका छन । एकजना भारतीय रक्षा अधिकारीको भनाईलाई समाचारको स्रोत उल्लेख गर्दै दुबै देशका सेनाबीच झडप भएको बताईएको छ । ति अधिकारीले दुबैतर्फका सेनाबीचको झडपमा हतियार भने प्रयोग नभएको बताईएको छ ।

अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए । पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले बताएको समाचारमा उल्लेख छ ।

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लदाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ । उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् ।

यो घटना कसरी र किन भयो भन्ने पत्ता नलागेको र दुबै सेनाबीच सामान्य झडप भएकाले दुबैतर्फ कुनै क्षति भएको भारतीय रक्षा अधिकारीले भनाईलाई उद्घृत गर्दै एएफपी समाचारमा समेत उल्लेख गरिएको छ ।

‘यस घटनापछि भारतीय र चिनियाँ सेना पनि आ आफ्नो ‘ड्युटी’ मा खटिसकेका छन । उक्त विवादास्पद क्षेत्रमा दुई देशका सेनाको उपस्थितिले केही समय यतादेखि विवाद उत्पन्न हुँदै आएको छ ।