देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिश्व चर्चामा गुआम द्वीप:कसरी पुग्यो अमेरिकी अधिनमा

देशान्तर

प्रशान्त महासागरको सुदूर दक्षिणी क्षेत्रमा रहेको द्वीप हो गुआम । सन १९५० पछि अमेरिकाको अधिनमा आएको गुआमका जनताले अहिले पनि सबै अमेरीकि जनता सरह अधिकार पाएका छैनन ।

 

अमेरिकी नागरिक भए पनि गुआमवासीले अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउँदैनन् । १९७२ पछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्समा गुआमबाट एक प्रतिनिधिलाई मनोनित रुपमा ‘ननभोटिङ डेलिगेट’का रुपमा राख्दै आएको छ ।
एक पोर्चुगाली खोजकर्ता फर्डिनेन्ड मजेलनको खोजीको आधारमा उनले गुआम पत्तालगाएको ४० वर्षपछि सन् १५६५ मा स्पेनले यसमाथि दाबी गरेको थियो । सन् १८९८ मा स्पेन–अमेरिका युद्धसम्म गुआम स्पेनको शासनमा सन्चालित थियो । यस युद्धपछि स्पेनले पेरिस सन्धिअनुसार गुआम अमेरिकालाई सुम्पियो ।
सन् १९४१ मा पर्ल हार्बर आक्रमणपछि गुआममाथि जापानको अस्थायी नियन्त्रण कायम भएको थियो । यद्यपि, तीन वर्षपछि मित्रशक्तिहरूले गुआमलाई पुनः आफ्नो नियन्त्रणमा लिएको थियो । गुआम १९५० मा आधिकारिक रूपमा अमेरिकी क्षेत्र बन्यो र यो अमेरिकाको डिपार्टमेन्ट अफ नेभी अन्तर्गत आएको हो ।

 

सन १९५० मा अमेरिकी कांग्रेसले अग्यानिक एक्ट अफ गुआम पास गरेर त्यहाँका नागरिकलाई अमेरिकी नागरिकता प्रदान गरेको थियो । अमेरिकी नागरिक भए पनि गुआमवासीले अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउँदैनन् । गुआममा पहिलोपटक १९७० मा एक गभर्नर चुनिएको थियो । १९७२ पछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्समा गुआमका एक मताधिकार नभएका ‘ननभोटिङ डेलिगेट’ रहँदै आएका छन् ।

 

गुआममा अमेरिकी नेभीको एउटा आधार शिविर छ । यसका साथै त्यहाँ अमेरिकी एयरफोर्सको एन्डरसन एयरफोर्स बेस पनि छ । यो बेस द्वीपको उत्तर–पूर्वी भेगमा रहेको छ । अमेरिकी एयरफोर्स बेसमा बी–५२ बमवर्षक र लडाकु विमान तैनाथ छन् । अमेरिकी नेभी बेस द्वीपको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको छ । यहाँ परमाणु शक्तियुक्त युद्धपोत तैनाथ छन् ।

 

समाचार एजेन्सी एपीका अनुसार करिब सात हजार अमेरिकी सैनिक आफ्नो परिवारका साथमा यहाँ बसोवास गर्दै आएका छन् । यहाँको कुल जनसंख्या एक लाख ६० हजार रहेको छ । यहाँको चर्चित पर्यटकीय स्थल ट्युमोन दुई सैन्य अखडाको लगभग मध्यभागमा रहेको छ ।

 

यहि गुआमले अहिले बिश्वको ध्यान केन्द्रित गरेको छ । लामो समयदेखिको अमेरिका र उत्तर कोरियाबीचको तनाव अन्तत युद्धको नजिक पुगेको छ । उत्तर कोरियाको सरकारी मिडियाले गुआममाथि हमला गरिने हल्ला चलाएको पछि गुआमको चर्चा बिश्वभर सुरु भएको छ । उत्तर कोरियाका सैन्य अधिकारीको हवला दिदै बीबीसीले भनेको छ—उत्तर कोरियाली मिसाइलले प्रशान्त महासागरको यस द्वीपलाई यसै महिनामा निसानामा लिनेछन् ।

 

उत्तर कोरियाले यस्तो धम्की अमेरिकी राष्ट्रपतिको त्यस बयानपछि दिएको हो, जसमा उनले भनेका थिए कि यदि उत्तर कोरियाको आक्रामक व्यवहार रोकिएन भने उसले यस्तो आक्रमणको सामना गर्नुपर्नेछ, जो अहिलेसम्म संसारभर कसैले पनि देखेको छैन ।

 

यस तनावबीच एक गुप्तचरी रिपोर्ट यस्तो पनि आएको थियो कि उत्तर कोरियाका मिसाइल साना आकार र क्षमताका परमाणु हतियार वहन गर्न सक्षम छन् । गुआम अपेक्षाकृत एक अलग्गै रहेको द्वीप हो । जसको पहिचान अमेरिकी सैन्य अखडाका रूपमा रहेको छ ।
गुआम उत्तर कोरियाको निकट अमेरिकी इलाका हो । दुवैबीचको दूरी तीन हजार चार सय २७ मिलोमिटर छ । यो हवाई र गुआमबीचको आधा दूरी हो । गुआम र हवाईबीचको दूरी ६ हजार तीन सय ७३ किलोमिटर रहेको छ ।

 

गुआम प्रशान्त महासागरमा सुदूर दक्षिणी क्षेत्रमा रहेको द्वीप हो । यो माइक्रनेजाको सबैभन्दा ठूलो द्वीप हो । यसको क्षेत्रफल दुई सय १० वर्गमाइल रहेको छ । यो क्षेत्रफल लगभग सिकागोबराबर हो ।

 

गुआमको जनसंख्यामध्ये चमोरो जाति करिब ४० प्रतिशत रहेका छन् । चमोरो नै यहाँका मूल बासिन्दा हुन् । यसका साथै २४ प्रतिशत जनता फिलिपिनी छन् । १८ प्रतिशत जनता अलग–अलग जातिका छन् । यसका साथै यहाँका झन्डै ६० प्रतिशत जनता गोरा छन् भने १० प्रतिशत जनता ‘माइक्रोनेजन’ छन् । यहाँका आधिकारिक भाषा अंग्रेजी र चमोरा हुन् ।

 

अमेरिकाले ५ जुन २०१५ मा गुआम पहिलो अमेरिकी क्षेत्र बनेको भन्दै समलैंगिक विवाहलाई मान्यता दिईएको थियो । गुआममा यो व्यवस्था लागू भएको १५ दिनपछि अमेरिकी सर्वोच्च अदालतले पनि सम्पूर्ण अमेरिकाभर समलैंगिकतालाई मान्यता दिएको थियो ।
बीबीसी हिन्दीबाट