देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीपरिषदको बैठकपछि डा.केसीको अनसन तोडाउने तयारी

देशान्तर

काठमाडौं । सरकारले माथेमा प्रतिबेदन अनुरुप अगाडी बड्न र आवस्यक परे त्यस्ता मेडिकल कलेज खरिद गर्ने प्रक्रिया सहित २३ दिनदेखि आमरण अनसनमा बसेका डा. गोबिन्द केसीको अनसन तोडाउने गृहकार्य सुरु गरेको छ ।

चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदन अनुसार पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी अनशनमा बसेको २३ दिन भएको र उनले राखेका माग अनुसार बिधेयक पास गर्न मनमोहन मेडिकल कलेज लगायत आवस्यक परे अन्य मेडिकल कलेज पनि खरिद गर्ने तयारी अघि बढाएको छ ।

आज बस्ने मन्त्रीपरिषद बैठकले माथेमा प्रतिबेदन कार्यन्वयन गराउदा समस्याका रुपमा खडा हुने मेडिकल कलेज सरकार आफैले खरिद गर्ने निर्णग गर्न लागेको बताईएको छ ।

हाल संसदीय समितिमा रहेको विधेयक संशोधनसहित पारित गरेर पूर्ण बैठकमा पठाउने तयारी गरिएको भए पनि केसीले माथेमा प्रतिवदेनको भावना अनुसार नभएको भन्दै त्यसलाई कुनै पनि हालतमा मान्न नसकिने बताए पछि केसी पक्ष र सरकारी पक्षकाबीचमा बार्ता समेत हुन सकेको छैन ।

बार्ता निस्कर्ष तर्फ उन्मुख नभएपछि सरकारले आवश्यक परे प्रस्तावित मेडिकल कलेज खरिद गर्ने, माथेमा प्रतिवेदनको भावनाअनुरुप नै विधेयक पारित गर्ने लगायतका बाँकी मुद्दाहरु सम्बोधन गर्ने गरि केसीको असनसन तोडाउन लागेको हो ।

यी बिषयमा मंगलवार आपरान्ह बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर केसीलाई अनशन तोड्न आग्रह गरिने सरकारी बार्ता टोलीले जनाएको छ ।