देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीषण पहिरोमा परी सियरालियोनमा मर्नेको संख्या ३ सय पुग्यो

देशान्तर

काठमाडौं । सियरालियोनको राजधानी फ्रिटाउनमा गएको भीषण पहिरोमा परी मर्नेको संख्या ३ सय पुगेको बीबीसीले जनाएको छ । मृतकमध्ये २ सय ५० जनाको शव फेला पारिएको अधिकारीहरुले जनाएका छन् । शव फ्रिटाउनको केन्द्रीय शवगृहमा राखिएको छ ।

अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । पहिरोले हजारौं मानिस घरबारविहीन भएका छन् । यसअघि सोमबार रातिसम्ममा १ सय ७९ जनाको ज्यान गएको पुष्टि भएको थियो ।

सियरालियोनका राष्ट्रपति अर्नेस्ट बाई कोर्माले टेलिभिजनबाट सम्बोधन गर्दै देशमा राष्ट्रिय विपत्ति आएको बताएका छन् । त्यहाँ आपत्कालीन उद्धार केन्द्र बनाइएको छ ।

रेडक्रस प्रवक्ता अबु बकर तारावाल्लीले भारी वर्षातका कारण राजधानीनजिकैको पहाडको सानो अंश खसेको बताए । उनले घटनाको समयमा मानिस सुतिरहेकाले धेरैको मृत्यु भएको बताए ।

अधिकारीले उद्धार कार्य जारी रहेको बताएका छन् । समाचार संस्था एएफपीले मृतकको संख्या ३ सय १२ सम्म पुग्न यसअघि नै अनुमान गरिसकेको छ ।