देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनका कार्यक्रम स्थगित गरेर बाढी पीडितको उद्धारमा लाग्न डा.केसीको आग्रह

देशान्तर

काठमाण्डौ । बिगत २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले आन्दोलन छाडेर बाढीपिडतको उद्धारमा लाग्न चिकित्सकहरुलाई आग्रह गेरका छन ।

केसीले सोमवार देशको असहज परिस्थितिका कारण आफ्ना सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर पीडितहरुको उद्धारमा लाग्न सम्पूर्ण चिकित्सकलाई आग्रह गरेका हुन ।

बन्दमा उत्रिएका सबै संघ संस्थालाई पनि बन्द फिर्ता गरेर पीडितको उद्धारमा खटिन आग्रह गरेपछि सरकारी चिकित्सक संघले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । आज एक विज्ञप्ति मार्फत संघले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिको क्षति न्यूनिकरणमा जुटन् आह्वान समेत गरेको छ ।

२१ दिन देखि अनसनमा बस्नुभएका केसीको छातीको दुखाई अत्यन्त पीडादायी बनिरहेको चिकित्सकहरुले जनाएका छन् ।  धेरैपल्ट कोल्टो फर्किँदा पनि छातीको दुखाई असह्य भएको छ ।

अक्सिजन माक्स निकाल्नासाथ रगतमा अक्सिजनको मात्रा ७० प्रतिशत पुग्न थालेको छ । जुन सामान्य मानिसमा ९५ प्रतिशत भन्दा बढी हुनुपर्छ । रगतमा घटिरहेको इलेक्ट्रोलाइटका कारण मुटु अचानक बन्द हुने जोखिम पनि उत्तिकै रहेकाले भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।