देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतद्धारा पकिस्तानमा प्रधानमन्त्रीलाई अयोग्य ठहर

देशान्तर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पानामा पेपर्समा खुलासा गरिएको भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेको छ । यो संगै उहाँ प्रधानमन्त्री पदका लागि अयोग्य भएको समाचार एजेन्सीहरुले दाबि गरेका छन् ।  शुक्रवार त्यहाँको सर्वोच्च अदालतले गरेको फैसलामा कालो धन जम्मा गर्नेमा दोषि ठहर भएका हुन् । यो मुद्दाको फैसलामा प्रधानमन्त्री सरिफ अयोग्य ठहर भएकाले उनी अपदस्थ भएका हुन् ।

पाकिस्तानको सर्वोच्च अदालतका न्यायधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुल्जार अहमदिको पाँच सदस्यीय इजलासले उनलाई दोषि ठहर गरेको हो ।  अदालतले प्रधानमन्त्री सरिफसंगै छोरी र श्रीमतिलाई पनि दोषि ठहर गरेको छ ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।