देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नितिश कुमार २२ औँ मुख्य मन्त्रि राजीनामा दिएको १५ घण्टामै सपथ

देशान्तर

साउन १२ – नीतीश कुमार भारतको बिहार राज्यको २२ औँ मुख्यमन्त्री भएका छन । राज्यपाल केशरीनाथ त्रिपाठीले कुमारलाई पटनाको राजेन्द्र मण्डप हलमा पद तथा गोपनियताको सपथ खुवाएका थिए।

नीतीश कुमारसँगै भारतीय जनता पार्टीका नेता सुशील कुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिएका छन । बुधबार मात्रै राष्ट्रिय जनता दल र कंग्रेसँगको गठबन्धनसँग काम गर्न कठिन भएको भन्दै कुमारले मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका थिए । आफूलाई जनता दल युनाइटेड र भारतीय जनता पार्टीका १३२ जना सांसदको समर्थन भएको पत्र राज्यपाललाई कुमारले बुझाएका थिए।
विधानसभा चुनावमा कंग्रेस, जनता दल युनाइटेड र राष्ट्रिय जनता दल महागठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको थियो ।

सरकार पनि यी तीन दल मिलेर बनाएका थिए । जदयुका तर्फबाट मुख्यमन्त्री बनेका तेजस्वी यादव भ्रष्टाचार काण्डमा मुछिएपछि गठबन्धनमा समस्या देखिएको थियो । तेजस्वी लालुप्रसाद यादवका छोरा हुन् ।
नीतीशको पछिल्लो कदमलाई केहीले भ्रष्टाचार विरुद्धको लडाईँको रुपमा हेरेका छन् भने कतिपयले जनादेशलाई बेवास्ता गरेको आरोप लगाएका छन् । पछिल्लो चार वर्षमा बिहारमा चार पटक सरकार परिवर्तन भएको छ ।
शुक्रबार नीतिशकुमारले विधान सभामा विश्वासको प्रस्ताव पेश गर्ने छन ।