देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दले सपथ लिए

देशान्तर

काठमाण्डौँ । रामनाथ कोविन्दले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिएका छन् ।

सपथग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूर्व राष्ट्रपति प्रतिभा पाटिल, कांग्रेस अध्यक्ष सोनिया गान्धी, बिहारका मुख्य मन्त्री नीतीश कुमारलगायतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नवनिर्वाचित राष्ट्रपति कोविन्द राजघाट पुगेर महात्मा गान्धीको समाधीमा श्रदाञ्जली दिएर राष्ट्रपति भवन पुगेका थिए । उनलाई पूर्व राष्ट्रपति प्रणव मुखर्जीले फूलका गुच्छाले स्वागत गरेका थिए ।