देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागूऔषध कारोबारीलाई गोली हान्न राष्ट्रपति विडोडोको निर्देशन

देशान्तर

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीलाई गोली हान्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् । विडोडोले लागूऔषध कारोबारका कारण देश संकटमा परेको उल्लेख गर्दै कारोबारी गरेको देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका हुन् ।

 

राजनीतिक दलको कार्यक्रममा विडोडोले पहिलेजस्तो विदेशी लागूऔषध कारोबारीहरूलाई पक्रेर मात्रै समस्या समाधान नहुने बताका छन । उनको यो निर्णयलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुरटेटेको लागूऔषधविरुद्धको हिंसात्मक कदमसँग तुलना गरिएको छ ।

उनको कार्यकालमा लागूऔषध कारोबारीलाई देख्ने बित्तिकै गोली हानी मारिएपछि संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय समुदायले भत्र्सना गरेका थिए ।
इन्डोनेसियामा लागू औषध विरुद्ध मृत्युदण्डसहितको कडा कानुनी व्यवस्था छ । अन्तराष्ट्रिय मानव अधिकार संस्थाहरू तथा केही विदेशी सरकारले उसलाई मृत्युदण्डको व्यवस्था हटाउन माग गरिरहेका छन् ।