देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

देशान्तर

 
समाचार एजेन्सी । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना भएका छन ।

जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

उनले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताए । चिकित्सकहरूले उहाँको उपचारपछि बिहीबार डिस्चार्ज गर्नसक्ने अनुमान गरिएको जाम्बियाको सरकारी प्रसारण संस्थाले जनाएको छ ।

उपराष्ट्रपति इनोन्गे विनाले पूर्वराष्ट्रपति काउन्डालाई बुधबार बिहान अस्पतालमै गएर भेट्नु भएको पनि समाचारमा जनाइएको छ ।

काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बनेका थिए ।