देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी, ११ जनाको मृत्यु

देशान्तर

काठमाण्डौँ । मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला गोलाबारी हुँदा ११ जनाको ज्यान गएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ ।

मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेको हो । मेक्सिकोमा लागु औषध कारोबार गर्ने समूहका कारण हिंसात्मक घटना बढ्दै गएको छ ।

गएको मे महिनामा मात्रै मेक्सिकोमा २ हजार १ सय ८६ जनाको हत्या भएको तथ्याङ रहेको बिबिसीले जनाएको छ ।