देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरीकी सेनाको विमान दुर्घटना, १६ जनाको मृत्यु

देशान्तर

काठमाण्डौँ । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सन्चार माध्यम अनुसार मिसि–सिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको हो ।

केसी–१३० विमान दुर्घटना भएको र सो मा रहेका व्यक्तिहरुको निधन भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि उक्त विमान प्रयोग हुने गथ्र्याे ।

दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको देखिएको छ ।