देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज तुलसी रोप्ने एकादशी, यस्ता छन् तुलसीको १० फाइदा

देशान्तर

काठमाडौं । आज हरिशयनी एकादशी । अर्थात तुलसी रोप्ने एकादशी । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आआफ्नो घरमा मठ र गमलामा तुलसी रोप्ने गर्छन । तुलसीलाई भगवान विष्णुको बनस्पति अवतारका रुपमा पनि बुझिन्छ । तुलसी धार्मिक रुपमामात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । जानौँ तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः

► तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।
► तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।
► तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ ।
► माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।
► तुलसीको दाना ९बिऊ० वा पात पिंधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।
► तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।
► तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ ।
► बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खानेगरेमा पेट दुख्न बन्द हुन्छ ।
► बच्चाको पेट फूलेको र दिसा बिग्रिएको छ भने तुलसी र पानको पातको रस खाएमा निकै फाइदा पुग्छ ।
► औंलो ज्वरो आएका वेला मरिच, पिपल, जाइफल र तुलसीको हरियोपात मिसाएर पिसी सो चूर्णलाई चनाको गेडाजत्रो गोली बनाउएर एक एक गोली दिनको तिनपटक खानाले ज्वरो निको हुन सहयोग हुन्छ ।