देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सकिदैन भन्ने शब्द मेरो शब्द कोषमै छैन

देशान्तर

चुनाब कसैसंग तालमेल वा कसैको अर्शिबादले जितिन्छ भन्ने मलाई लाग्दैन । अरुदलका साथिहरुलाई एक्लै कांग्रेससंग लड्न सकिदैन भन्ने लाग्यो तालमेल गर्नु भो यसमा मेरो भन्नु केहि छैन । चुनाब जित्नका लागि जनताको मत चाहिने हो तालमेल होइन । २० बर्षपछि स्थानियतहमा चुनाब हुदैछ । जनप्रतिनिधि नहुदा बिकास हुन सकेको छैन । अहिले जनताले अब आउने प्रतिनिधिले कस्तो काम गर्छ,कस्ता कार्यक्रम र योजना ल्याएको छ, उसले भनेका र अगाडी सारेका कार्यक्रमहरु कार्यन्वयन गर्न सक्छ कि सक्दैन भनेर हेरि रहेको अवस्था छ । त्यसैले कार्ययोजनालाई कार्यन्वयन गर्ने इमान्दारीता म सँग भएको हुँदा मलाई लाग्दैन कि म चुनाब हार्छु ।

 
चुनाब प्रचारका बेला उमेद्वारले बोकेको एजेण्डा प्रति जनताले बिश्वास गर्नै छाडिसके नी ? तपाईलाई चाँहि जनताले कसरी बिश्वास गर्ने ?

सत्य हो । बिगतमा केहि नेताहरुले गर्न नसकिने कुरा गर्छु भन्नु भो तर,काम गर्न सक्नु भएन र नेताहरु प्रति जनताको हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । तर, मैलै कसैलाई आश्वासन बाडेर हिडेको छैन । जनताका योजना कार्यन्वयन गराउछु भनेर हिडेको छु । सडक,पानी,बत्ती,स्वास्थ्य र शिक्षा जस्ता आधारभूत बिषयहरु जनताका पहिलो प्रथमिकताका कार्यक्रमहरु हुन । बिराटनगर माहानगरपालिकोे समग्र बिकासको पहिलो अध्याय यहि बाट सुरु हुन्छ । भोलि बिराटनगर माहानगरपालिकाको नेतृत्व गर्न भिम पराजुली पुग्दा केहुन्छ र अरुले नेतृत्वगर्दा केहुन्छ भन्ने कुरा माहानगरबासिले राम्ररी बुज्नु भएको छ यहि हो मेरो चुनाब जित्ने दोस्रो आधार ।

 
कांग्रेसको आधार इलाका भएर पनि होला हैन ?

होईन । बिद्यार्थी कालदेखिनै बिराटनगर बासिका समस्या प्रति परिचित छु । मैले राजनितिक,सामाजिक र ब्यावहारीक रुपमा देखापरेका माहानगर बासिका कुनैपनि समस्यालाई समाधान गर्ने बिषयमा अन्याय गरेको छैन । दलिय आस्थाका कतिपय बिषय पनि होलान तर,त्यसमा मैले कसैप्रति राजनितिक बेइमानी गरेको छैन, यसकारण यहाँका आम नागरिकले भोलीको माहानगरको बिकास सुनिश्चितगर्न पनि मलाई मतदान गर्नु हुनेछ भन्ने बिश्वास हो मेरो ।

 
देशको दोस्रो राजधानीका रुपमा परिभाषित गरिएपनि बिकासका दृष्टिले धेरै पछाडी छ बिराटनगर,के छन तपाईका योजना ?

पक्कै पनि जुन रुपमा राजनितिक नेताहरु यस क्षेत्रबाट जन्मनुभयो,जसरी औधोगिक करणको सुरुवात भएको थियो त्यो हिसाबले बिराटनगर बिकसित हुन सकेन । बिगत २० बर्षयताकै कुरा गर्ने हो भने पनि देशका अन्य शहरहरुको अनुपातमा बिराटनगरले गति लिन सकेन । यसलाई ब्यवस्थित शहर बनाउन धेरै क्षेत्रको पुर्बाधार देखिनै बिकास गर्न आवस्यक छ । यसका लागि मैलै अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएको छु ।

 
केके छन ताईका अल्पकालिन योजनाहरु ?

मेरो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य हो । विराटनगरलाई बाहिरबाट हेर्दा जती बिकसित देखिन्छ त्यो अवस्था छैन । यहां धेरै गरिब र पिछडिएको समुदाय पनि छ । उनिहरुका लागि वडा तहमै सकेसम्म निशुल्क स्वास्थ्य उपारको ब्यावस्था र उमेर भएर पनि स्कुल नगएका बालबालिकाहरुलाई अनिर्वाय स्कुल पठाउने ब्यावस्था गर्ने कार्यक्रम बनाएको छु । दैनिक ज्यालादारीमा नगई सांझ भोकै बस्नुपर्ने गरिब परिवारलाई खालिहात बस्न नपर्ने गरि तालिम र सहुलियत ऋणको ब्यवस्ता गरि आयआर्जनको ब्यावस्था मिलाउने कार्यक्रम अगाडी बढाउनु छ । लोडसेडिङका कारण उधोग चल्न सकेका छैनन्,भित्रि सडक बिस्तार र मर्मत देखी साना खानेपनि आयोजनाहरु,साप्ताहिक बजारको ब्यास्था जस्ता भएर पनि जनताले उपयोग गर्न नपाएका र तत्काल गर्न सकिने कुरालाई अल्पकालिन योजनामा राखेर कामगर्ने सोच बनाएको छु ।

 
तपाईले बिरानगर माहानगरपालिकालाई बिशेष आर्थिक क्षेत्र बनाउछु भनेर चुनाबी एजेण्डानै बनाउनु भएको रहेछ सक्नुहुन्छ ?

सकिदैन भन्ने शब्द मेरो शब्द कोषमै छैन । जानताले त्यो अवसर दिएभने दुईबर्ष भित्रमै सबै पुर्बाधार खडा गरेर बिशेष आर्थिक क्षेत्र घोषणा गर्छु । विराटनगरलाई बिशेष आर्थिक क्षेत्र बनाएर धेरैलाई रोजगारीको असर शिर्जना गर्ने लक्ष्य छ । नेपालकै पहिलो उद्योग जुट मिल अहिले बन्द छ । यसलाई जति सक्दो चाडो सञ्चालनमा ल्याउनेछु । जुट मिल सञ्चालनमा आएपछि दस हजारले रोजगारी पनि पाउने छन । जनताले मलाई महानगरको नेतृत्व जिम्मा लगाएको दुई वर्षभित्रमा सुविधा सम्पन्न औद्योगिक कृषि प्रदर्शनीस्थल देखि महानगरको दीर्घकालीन भारलाई थेग्न सक्ने गरी बसपार्क र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु गर्ने छु । विराटनगर विमानस्थललाई दस बर्षभित्रमा अन्तर्राष्ट्रिय स्तरको बनाउन पुर्बाधार खडागर्ने, रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गर्ने,सिंगिया र केसलिया खोलामा ड्याम बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मेरो योजना छ ।
विराटनगरमा सञ्चालित विकासे योजनालाई सही गतिमा अघि बढाउने, पाँच बर्षभित्र ग्रामीण सडक कालोपत्रे गर्ने, सवै वडामा सहकारी संस्था स्थापना गरि गरीव तथा विपन्न परिवारलाई ऋण, शैक्षिक हब, कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालसँगै मेडिकल कलेजमा स्तरोन्नति गर्ने, अन्र्तराष्ट्रिय दातृ संस्थासँग भगिनी सम्बन्ध स्थापना गरि ठूला आयोजना भित्रयाउने, महिला, जेष्ठ नागरिक केयर स्थापना लगायतका एजेन्डा कार्यन्वयनमा लगेरै छाड्छु भन्ने आंट र बिश्वास लिएको छु ।

 
बिराट नगरलाई अन्र्तदेशिय सडक सन्जालसंग जोड्ने कुरा धेरै अगाडी देखि उठाईएका थिए,तर कांग्रेसले मोरङ पटक पटक जित हासिल गर्दापनि आयोजनाको अध्यायन सम्म पनि भएन, तपाईले अब यी बिषयहरु के गर्नुहुन्छ ?

अध्यायन गरेर नै गर्ने भनिएको थियो र कांग्रेसको नेतृत्वले नै यी कामहरु पुरापनि गर्छ । बिराटनगरलाई भारत, चीन र बंगलादेशको ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर पुर्बाचलकै मुख्य ब्यापारिक केन्द्र बनाउने मेरो पहिले देखिकै लक्ष्य हो । यस्तै भारतको जोगबनी र चीनको किमाथांका मार्ग जोड्ने मुख्य केन्द्रबिन्दु पनि बिराटनगरलाई बनाउने छु । यसबाट भारत, चीन, भुटान र बंगलादेशको व्यापारिक केन्द्रका रूपमा यसलाई विकसित गर्न सकिन्छ । यसबिषयमा मैले पूर्वका उद्योगी व्यवसायीहरुसंग छलफल गरिरहेको छु । यी मुद्दा दशकदेखि उठाउँदै आए पनि सरकारले बेवास्ता गर्दा पुराहुन सकेका छैनन् । विशेष आर्थिक क्षेत्र स्थापना गरेर जोगबनी–किमाथांका मार्ग जोडदै औद्योगिक करिडोरमा निकासीमूलक उद्योग स्थापना गरेपछि बिराटनगरको औद्योगिक र व्यापारिक गतिविधिले छलाङ मार्छ भन्ने बिश्वास मलाई छ । भारतीय लगानीमा भारतको बथनाहाबाट मोरङको कटहरीसम्मको निर्माणाधीन विद्युतीय ब्रोडगेज रेलमार्ग र संयुक्त भन्सार जाँच चौकी निर्माणमा प्रक्रियालाई जतिसक्दो चाडो सम्पन्न गराउछु ।

 
तपाईले बिकासका यी योजनाहरु भनिरहदा २० बर्ष अघि देखि जनप्रतिनिधि नभएपनि राजनितिक सहमतिका आधारमा तपाईहरुले नै बिकासका कार्यक्रहरु बनाउदै आउनुभयो तर,मोरङ–सुनसरी करिडोरको बिकास किन भएन ?

नेपाली कांग्रेसको जिल्ला सभापतिको हैसियतले मैले पटकपटक सुनसरी–मोरङ औधोगिक करिडोरको बिषय नउठाएको होईन । अर्को कुरा हामीले सुझाव दिने हो कार्यन्वयन त सरकारले गर्ने हो तर गर्न सकेन । अब यस क्षेत्रको पूर्वाधार विस्तार नयाँ लगानी कसरी बढाउन सकिन्छ भन्ने बिषयमा मैले सो क्षेत्रका उधोग ब्यावसायीहरुसंग लगातार छलफल गरिरहेको छु । उहांहरुले मलाई यस औधोगिक करिडोर भित्र रहेका समस्या र समाधान गर्न सकिने उपायहरु अवगत गराउनु भएको छ । माहानगरको नेतृत्व मैले पाएको खण्डमा म चाडै प्रक्रियागत कुराहरु अगाडी बढाउने छु ।

 
करिडोरलाई लक्ष्य गरी निर्माण सुरु गरिएका पूर्वाधार विस्तारका योजना तिब्रताका साथ अघि बढाउने छु । अहिले करिडोरमा साना ठूला गरी ६ सय भन्दा बढि उद्योग छन् । तीमध्ये आधा उद्योगले ५० प्रतिशत उत्पादन कटौती गरेर सञ्चालन हुँदै आएका छन् । याँहाका उधाृगहरुले निकासी पैठारीमा लाग्ने महँगो लागत, लोडसेडिङ, औद्योगिक असुरक्षा र बढी उत्पादन लागतका कारण बाह्य बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् यो बिषयमा मैले उधोगी– ब्यावसायीसंग बसेरै कार्ययोजना बनाएको छु ।

 
पार्टी भित्रैबाट तपाई माथि अन्र्तघात भईरहेको कुरा आईरहेका छन हो ?

अनेक प्रयास गर्दापनि म संग प्रतिस्पर्धा गर्न सन्नि भन्नेहरुले मेरा गल्ति खोज्न अनेकौ प्रयास गरिरहेका छन र उनिहरुबाटै फैलाईएको गलत हल्ला हो यो । मलाई पार्टीले सहयोग नगरेको भए टिकनै दिने थिएन नी ?। केन्द्रिय नेतादेखि जील्ला स्तारका नेपाली कांग्रेसका साथिहरु बिराटनगर माहानगरको नेतृत्व लिन अहोरात्र खटिरहनुभएको छ । पार्टीका साथिहरुबाट मैले सोचेभन्दा बढि साथ र सहयोग पाईरहेको छु ।