देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्याग्रहसंगै राजनीतिमा

देशान्तर

घरमा २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कु’का बारेमा छलफल भइहरहन्थ्यो । घरमा बा–आमाको मुखबाट एउटा बालकले सधैं सुन्ने गर्दथ्यो– कांग्रेसमा लागेका कारण गाउँका कृष्णबहादुर ठकुरीलाई प्रहरीले समात्यो । तर कांग्रेस के हो ? प्रजातन्त्र के हो ? उसलाई त्यसको जानकारी भने थिएन । राजा महेन्द्रले २०१७ सालमा जननायक बीपी कोइरालालाई जेल हाले । तर भक्तपुरको बालकोटमा भने कृष्णबहादुर ठकुरी समातिएको चर्चा थियो । त्यही चर्चा शिवशरण खत्रीले बाल्यकालमा सुनेका थिए । पछि उनी नै नेपाली कांग्रेसको राजनीतिमा आए । त्यही बालकोटको नेतृत्व सम्हाले । नया“ संविधान जारी भएपछि भएको नेपाली कांग्रेसको महाधिवेशनताका बालकोट समेटिएर बनेको अनन्तलिंगेश्वर नगर समितिको सभापति बने । पछि सूर्यविनायक नगरपालिका बन्यो । त्यही सूर्यविनायक नगरपालिकाको ३ नम्बर वडाको अध्यक्षमा शिवशरण वैशाख ३१ गते सम्पन्न चुनावबाट निर्वाचित भए । घरमा कृष्णबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरी निर्मम यातना दिएर पानी माग्दा प्रहरीले पिसाब खा भन्दै दुव्र्यवहार गरेको कुरा उनले सुनेका थिए । बा–आमाको मुखबाट यही कुरा सुन्दै जाँदा उनमा विद्रोहको भावना जागेको थियो । मानवीयता पनि नहुने पुलिसमा यो किन भयो । खुल्दुली लाग्न थाल्यो । त्यही खुल्दुलीले उनलाई राजनीतिमा तान्यो ।

देशान्तरसँगको कुराकानीमा उनले राजनीतिमा लागेर खासै पछुतो नलागेको तर राजनीतिक खिचातानीका कारण उनलाई दिक्क भने लाग्न थालेको छ । विकास र मुलुकको उन्नतिका लागि खासै काम हुन नसकेकोमा उनलाई दिक्क लाग्न थालेको छ । सबैभन्दा खुसी उनलाई पञ्चायत ढलेको दिन लागेका थियो । पछि गणतन्त्र आउँदा, दोस्रो आन्दोलन सफल हु“दा उनलाई त्यो खुसी प्राप्त भएन । कुराकानीकै क्रममा उनले भने– ‘२०४६ सालको आन्दोलनमा फागुन ७ गते सुरु हुनुभन्दा अगाडिदेखि नै आफ्नो गाउँमा सक्रिय थिए“ । फागुनमा चाक्सीबारीमा भएको सम्मेलनमा सहभागी उनी माघ १५ गतेको पञ्च¥यालीमा सहभागिता रोक्न अभियान नै थालेका थिएँ । अनि चैत्र २६ गते चाहिँ साँच्चै वर्षांैपछि दुःख गरेर पाएको फल जस्तै लाग्यो ।’

हुनलाई उनी शिक्षक थिए । तर शिक्षण पेसाको उनले परिबन्दमा फसेर अपनाएका थिए । राजनीतिमा होमिएका खत्री २०४४ सालतिर शिक्षण पेसामा लागे । राजनीतिको नसा लागिसकेको थियो । जागिर नखान जोडबल गरे तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आफ्नै ठूलाबा टीकाबहादुर खत्रीको खप्की खप्न नसकेर उनी शिक्षक बने । प्रजातन्त्र र कांग्रेसप्रतिको आस्थामा अझै मलजल गर्ने काम अग्रजहरू कृष्णबहादुर ठकुरी, रामबहादुर ठकुरी तथा बलराम थापाले गरिरहे । उनी २०४६ सालको आन्दोलनको बेलामा पनि पढाउँदै थिए । त्यसबेला पनि राजनीतिको सक्रियतालाई कमी हुन उनले दिएनन् ।

२०४२ सालको सत्याग्रहमा सहभागिता जनाएसँगै खत्री राजनीतिमा होमिएका थिए । पञ्चायत खराब हो भन्ने उनको मनमा गडिसकेको थियो । कक्षा ५ मा पढ्दै गर्दा तत्कालीनमहेन्द्र शान्ति निमाविमा मागपत्र पेस गर्दै हडतालमा उत्रिएका थिए उनी । त्यो बेला उनी कक्षामा सधैं प्रथम हुन्थे । उनी बालकोट गाँउमा नै सक्रियताका साथ लागेका थिए । २०४६ सालको परिवर्तनपछि भने उनी नेविसंघको गाउँ इकाइको सभापति भए । २०५४ सालमा गाउँ समिति सदस्य तथा २०५७ मा गाउँ समितिको सचिव हुँदै दुई कार्यकाल बालकोटको गाउँ कार्यसमितिको सभापति र अहिले साबिकको अनन्तलिंगेश्वर नगरपालिकाको गाउँ इकाइ सभापतिका रूपमा कार्यरत थिए ।

वडाध्यक्षमा बालकोटबासीले माया गरे । तर वडाध्यक्ष भए पनि पनि उनी सन्तुष्ट हुन सकेका छैनन् । स्थानीय तहको चुनावपछि धेरै अधिकारका कुरा उनले सुनेका थिए । धेरै अधिकार पाइएला वडावासीलाई धेरै सुविधा दिने सोच थियो । तर निर्वाचित भएपछि अहिलेसम्म पनि यी काम हुन सकेका छैनन् ।