देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध

देशान्तर

काठमण्डौँ । कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् ।

 

इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् । यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै सात छिमेकी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका थिए । बहराइन, इजिप्ट, युएई तथा साउदी अरेबियाले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् ।

 

यस्तै यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने बिद्रोही समूह इस्लामिक स्टेट वा अरु कुनै त्यस्ता आतंककारी समूहलाई आफूले समर्थन नगरेको र आफ्नो देशमाथि उठाइएको कदम अनुचित रहेको बताएको छ ।