देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानमा कार बम हमलामा १८ जनाको मृत्यु

देशान्तर

अफगानिस्तान। अफगानिस्तानको पुर्वी सहर खोस्टमा शनिबार भएको आत्मघाती कार बम हमलामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन् ।

विस्फोटनका कारण सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि प्रभावित भएको श्रोतले सिन्ह्वालाई जानकारी दिएको छ ।

ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै विस्फोट भएको र सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला कार बम हमला भएको थियो ।

घटनामा परी कैयौँं स्थानीय बासिन्दा घाइते भएका छन् । घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी लिएको छैन । रमजानको तयारी भइरहेका बेला आक्रमण भएको हो ।