देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

देशान्तर

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिए।

उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै आएको सो अवार्ड पुरस्कार अब सङ्गीत, रचनाकार, छायाकार तथा गायक लगायतलाई थप गरिएको छ ।

दोस्रो संस्करण आगामी भदौ २ गते संयुक्त राज्य अमेरिकाको कोलोराडोमा हुने कार्यक्रम तय भएको छ ।

‘ग्लोवल नेपाली फिल्म अवार्ड’का अध्यक्ष नवराज श्रेष्ठले नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन सकेमा मुलुकमा पर्यटन क्षेत्रको अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा कलाकार वसुन्धरा भुसाल, सुनिल थापा, नायक पुरन जोशीलगायतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।