देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि भक्तपुरमा पनि साझा बस

देशान्तर

काठमाडौँ । यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा बुधवारदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ ।

बुधवारदेखि हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिए । स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हुँदै सूर्यविनायक पुग्नेछ ।

भक्तपुरमा सञ्चालन गरिएको बस नयाँ नभई हाल अन्य स्थानमा सञ्चालनमा रहेका ४६ वटा बसबाट नै २० वटा त्यस रुटमा सञ्चालन गरिने भएको हो । काठमाडौँ उपत्यकाबाहिरका लागि पनि साझा यातायातले अन्य बस सञ्चालन गर्ने तयारी गरिरहेको पनि प्रमुख पाण्डेले जानकारी गराए ।