देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मघाती कार बम हमलामा १८ जनाको मृत्यु

देशान्तर

बग्दाद । इराकको राजधानी बग्दाददेखि दक्षिणी क्षेत्रमा प्रहरीलाई लक्षित गरी दुई ओटा आत्मघाती बम हमला हँुदा १८ जनाभन्दा बढीको मृत्यु भएको छ ।

गृह मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शुक्रबार राति अबेर भएको आक्रमणमा परी अन्य २० जना घाइते भएका छन् । मृत्यु भएका र घाइतेमध्ये अधिकांश प्रहरी नै भएको बताइएको छ ।

विस्फोटनका कारण प्रहरी कार्यालयको भवन स्वस्त भएको अधिकारीले बताएका छन् ।

अहिलेसम्म आक्रमणको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन । तर इस्लामीक स्टेट आइएस लडाकुले विगतमा सुरक्षाकर्मीलाई लक्षित गरी क्रुर आत्मघाती हमला गर्ने गरेको अधिकारीको भनाइ छ ।