देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायती महारानीको सुरक्षामा नेपाली भन्छन् : हामी बाहेक अरुले हतियार बोक्न पाउँदैनन्

देशान्तर

लन्डन – बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी ।

बेलायती जनता र विश्वमाझ लोकप्रिय याी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।

द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् । आजको कान्तिपुरमा खबर छ ।

बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई ।

ललितले भने :
(महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
(समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको छ ।