देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुडानमा झडपमा परी ४० जना बिद्रोहीको मृत्यु

देशान्तर

काठमाडौं । दक्षिण सुडानको विएह राज्यस्थित वाट क्षेत्रमा सुरक्षाकर्मीसँग भएको झडपमा कम्तिमा ४० जना विद्रोहीको मृत्यु भएको छ ।

सरकारी सेनासँग भएको झडपमा प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएका छन् । त्यसैगरी विद्रोहीतर्फ ठूलो संख्यामा घाइते भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।