देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधूमेहको घरेलू उपचार

देशान्तर

हाम्रो घर चोक या गाँउमा सहजै उपलब्ध यो तुलसीको पात एकदमै गुणकारी जडिबुटी हो । यसमा एन्टी अक्सीडेन्टहरु लगायत अन्य धेरै प्रकारका जीवन उपयोगी तत्वहरु पाइन्छ ।

डाइबेटिज अर्थात् मधुमेह, मान्छेहरुको बढ्दो अव्यबस्थित जीवनयापन, शारीरीक व्यायामको कमी, धुम्रपान अनि मध्यपानको अधिक सेवन र साथमा तनावपूर्ण जीवनशैली जसले गर्दा हामीलाई मधुमेह यानेकि डाइबेटिजसँग नजिक बनाउँदछ । अचेल ३० बर्ष कटेपछि हामीमध्ये धेरैलाई मधूमेह देखिने गरेको छ ।

शुरुमा धनी र सम्भ्रान्त परीवारहरुमा मात्र लाग्ने रोगको रुपमा यो रोग परीचित भएतापनि अहिले आएर डाइबेटिज एउटा खतरनाक अनि सर्वब्यापी रोग भएको छ । संसारमा एच.आई.भी., इबोला, पोलियो जस्ता धेरैवटा संक्रमणविरुद्व कार्य भएतापनि डाइबेटिजप्रति तुलनात्मक रुपमा थोरै जनचेतना र औषधीमूलोका संयन्त्रहरु शून्य प्रायः भएको पाइन्छ ।

पोलियोको निःशुल्क थोपा, एचआईभीका लागि निःशुल्क एआरभी औषधीहरु, कुष्टरोग र क्षयरोगका निःशुल्क औषधी पाइने हाम्रो देशका सम्पूर्ण स्वास्थ्य चौकीमा डाइबेटिजको औषधीहरु त परै जाओस पर्याप्त जानकारीसम्म दिन पनि प्राथमिकतामा परेको देखिंदैन ।

यका कारणहरु धेरै छन्, हुन सक्छ डाइबेटिज एउटा यस्तो वहुबिधात्मक र जटिल रोग हो कि यसलाई सहज व्याख्या र निरोधात्मक सुझाव दिन स्वास्थ्यसेवीहरुलाई सक्षम बनाउन सकिएको छैन् या डाइबेटिजलाई पनि संवेदनशील रुपमा हेरिइएको छैन् । कुरा जे सुकै होस तर यो लेख मार्फत आउनुहोस आज हामी डाइबेटिजलाई घरेलु उपचारपद्वतीबाट कसरी निरोध र रोकथाम गर्न सकिन्छ चर्चा गरौँ ।
तुलसीको पात

थैलीको बेटा (सेल्स)हरुलाई इन्सुलिनको भण्डारण अनि शरीरमा इन्सुलिनको सञ्चार गर्न मद्दत गर्दछ । दुई अथवा तिन वटा तुलसीको पात या एक चम्मच तुलसीको रस दैनिक खाली पेटमा सेवन गर्नाले डाइबेटिज नियन्त्रण गर्न सहयोगी बन्नसक्छ ।
आलस

आलस एक प्रकारको अन्न हो जस्को तराइतिर बिशेष खेती गरिन्छ । यस्लाई अग्रेजीमा Flex seed र हिन्दीमा आल्सी भनिन्छ । यसमा भएको पर्याप्त फाइबरका कारण पाचन क्रियामा अत्यन्तै सहयोगी हुनुका साथै सुगर र कार्बोहाइड्रेट सहजै पचाउनमा यो सहयोगी हुन्छ ।

यसको नियमित सेवनले मधुमेहको संभावनालाई झण्डै २८ प्रतिशतले कम गर्नसक्छ । बिहान खालीपेटमा एक चम्चा आलसको धुलो एक ग्लास मनतातो पानीमा हालेर नियमित खाएर हेर्नुस आफै फरक पाउनुहुनेछ ।

दालचिनी


यसको सेवनले शरीरमा सुगरको लेभल कम गर्दछ । त्यतिमात्र नभई यसले गर्दा मोटोपनामा कमीआई इन्सुलिन संयमित क्रमको बिकास गर्दछ । हामीले दालचिनीलाई बिभिन्न मरमसला र सगूनको रुपमा प्रयोग गर्दै आएका भएपनि यसको मधुमेह संयमित गुणका बारेमा थाहा पाएका नहुन सक्छौं । अग्रेंजीमा यसलाई सिनामोन भनिन्छ । आफ्नो खानामा दैनिक एक ग्राम दालचिनीको उपयोगले सुगर लेभलमा उल्लेखनीय सुधार आउन सक्छ ।

हरियो चिया अर्थात ‘ग्रिन टी’

यसमा अधिकमात्रामा पोलिफेनोल पदार्थ पाइन्छ जुन एन्टी अक्सिडेन्ट र हाइपोग्लासिमिया कम्पाउन्डभित्र पर्दछ, जसले गर्दा सुगर लेभललाई सन्तुलित गर्दछ । आजैबाट दूध हालेको चियाको साटो ‘ग्रीन टी’को सेवन गर्ने हैन त ? नेपालमा ग्रीन टी एकदमै सहज र सुपथ मूल्यमा पाइन्छ पनि, देशबाट बाहिर रहनुहुने हाम्रो पात्रोको प्रयोगकर्ताले आफू नेपाल आँउदा या आफन्तहरुको सहयोगले नेपालमैं उत्पादित ‘ग्रिन टि’ मगाउन पनि सक्नुहुनेछ । या आफू रहेकै देशको छेउ छाउका डिपार्टमेन्टल स्टोर र पसलहरुमा खोज्ने पो हो कि ?

करेला

भन्दै तितो करेला, यसलाई नेपाली भान्सामा त्यति नरुचाइएने र हेपिएको तरकारीका रुपमा लिने गरिन्छ तर यसको दैनिक प्रयोगले हामीलाई मधुमेहबाट टाढा राख्दछ ।

यसमा इन्सुलिन सरहको पदार्थ प्रत्यक्ष रुपमा पाइन्छ जसले शरीरमा सुगर लेभल सन्तुलित गर्दछ । सकिन्छ भने हप्तामा दुई पटक तरकारी या जुस बनाएर बिहान खालीपेटमा हप्ताको तिन दिन सेवन गरौं, तितो भएर के भयो र ? यस्का फाइदाहरु अवश्य नै मिठा छन् ।

यस्का अलावा निम, जामुन जस्ता फलफूल र वनस्पतिहरुको नियमित सेवनले पनि हामीलाई सुगर रोगबाट पर राख्दछ । रोग या संक्रमण लाग्न दिएर उपचारतर्फ जानुभन्दा लाग्नै नदिइकन निरोधात्मक उपाय अवलम्बन गर्न उचित हुन्छ ।

यी कुराहरुसँगै जीवनशैलीलाई सरल बनाएर दैनिक व्यायाम् अनि कुनै खेल खेल्ने बानी गरौं । खुशी हुन र मुस्कुराउन सधैं प्रयास गरौं, जिन्दगी निर्विकल्प अमूल्य कुरो हो जसलाई तनाव लिएर भन्दा पनि खुशीसाथ बाँच्न सिकौं, तपाई हामी सबैलाई नैरोग्यको शुभकामना ।