देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुर्तीजन्य पदार्थका आवरणमा शतप्रतिशत सन्देशमूलक चित्र हुनुपर्ने व्यवस्था गर्दै सरकार

देशान्तर

काठमाडौँ । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ ।

सोमवार देखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’ मा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले नेपाल सरकारको सन् २०३० सम्ममा सुर्तीजन्य मुक्त पुस्ता निर्माण गर्र्ने उद्देश्य पूरा गर्न प्याकेटमा त्यसको प्रयोग गर्दा हुने रोगका डरलाग्दा चित्र हुनुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनले भने–“अहिले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत सूचनामूलक चित्र राख्ने व्यवस्था छ । त्यसै शतप्रतिशत सन्देश र चेतनामूलक चित्रसहित बनाउँदा सुर्तीजन्य पदार्थप्रतिको आकर्षण कम भई उत्पादन र प्रयोगमा कमी आउनेछ । जसले स्वस्थ्य जीवन निर्माणमा सहयोग पुग्नेछ ।”

विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा सुर्तीजन्य पदार्थको उत्पादनलाई निरुत्साहित गर्न अन्तःशुल्क र मूल्य अभिवृद्धि गरी यसको नियन्त्रणका लागि काम गर्ने मन्त्री थापाले बताए ।

यसैगरी २०१८ सम्ममा २१ वर्षमुनिका युवालाई सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानुनी व्यवस्था गरी कार्यान्वयनमा लागिसक्ने मन्त्री थापाको भनाइ छ ।