देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिना हराएका हरिवंशले ल्याए ‘हरिबहादुर’

देशान्तर

काठमाडौं । आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ को सफलतापछि चर्चित हास्यकलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आएका छन् । ‘हरिबहादुर’को विमोचन अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरियो ।

उपन्यासकारको अवतारमा प्रकट भएका आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घचघच्याएपछि आफूले उपन्यास लेख्न तम्सेको बताए । उपन्यास लेखन प्रक्रियाबारे उनले भने, ‘चिना हराएको मान्छे’ लेख्दा मैले विषयबारे सोच्न परेको थिएन ।

आफूले जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो । तर, उपन्यास लेख्छु भन्ने विचार बनाएपछि भने मैले धेरै सोच्नु परेको थियो । र, अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिशंखलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्र प्रधान उपन्यास बनाउने निधो गरेको थिए“ ।’

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले भने, ‘मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र उसको उत्थान तथा पतन वरिपरि घुमेको यो उपन्यासमा तत्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग ग¥यो तथा हरिबहादुरले द्वन्द्वकालीन राजनीतिलाई कसरी प्रयोग ग¥यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ ।’

उपन्यासको मुख्यपात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहा“ पाइला टेके पनि दस बल्ड्याङ खान पुग्छ । नकच्चरो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वा“ठ, कुलंगार, आवारा यस्ता धेरै लक्षणले युक्त हरिबहादुरको क्रियाकलाप व्यक्तिगत भइकन पनि सामाजिक–राजनीतिक जस्ता लाग्छन् ।

सहरमा, गाउ“मा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइ“ र चतु¥याइ“, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ, समकालीन राजनीतिमाझै“ उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो ।

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरू कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको चित्रण गरिएको छ ।