देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रज्ञा–प्रतिष्ठान र प्रलेसबाट श्यामप्रसादको निधनमा शोक

देशान्तर

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आईतवार शोक वक्तव्य जारी गरी उनले सिर्जना गरेका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरु’जस्ता दर्जनौँ कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा उनले गरेको योगदान सदा स्मरणीय रहने बताए ।

यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालले श्यामप्रसादको निधनमा शोक व्यक्त गर्दै उनी नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अगुवा रहेको जनाएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले प्रेस विज्ञप्ति जारी गरी उनले नेपाली समाजको सामाजिक, सांस्कृतिक रुपान्तरणको मूल कार्यसूची बोकेर आजीवन स्रष्टाहरुलाई वैचारिक ऊर्जा प्रदान गर्दै आइरहेको बताउँदै नेपाली प्रगतिवादी निबन्ध विधा र नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा उनले पु¥याएको योगदान स्मरणीय रहेको जनाए ।

आमूल परिवर्तनकामी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उनको योगदान अतुलनीय रहेको बताउँदै प्रलेसले श्रद्धाञ्जलि सहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।