देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘भरियाको भूगोल’माथि परिचर्चा

देशान्तर

बागलुङ । साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ ।

नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखक लगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गरे । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचना समेत सुनाए ।

पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताए। “यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ” कवि अधिकारीले भने “मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा प्रतिविम्बित छ ।” उनले भरियाको दैनिकी, समस्या र मनोविज्ञानको समग्र वर्णन काव्यका गरिएको स्पष्ट पारे । कवि अधिकारीले कविता आफ्ना लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्दको विन्दु हो बताए ।

कार्यक्रममा गायक एवम् सङ्गीतकार आभासले कुनै वाद या विचारभन्दा पनि माथि उठेर अधिकारीका रचनाले स्वतन्त्र अभिव्यक्ति दिएको बताए ।

‘दिनेश अधिकारीसँग एक घन्टा’ नाम दिइएको कार्यक्रमका सहभागीले अधिकारीसँग साहित्य लेखन सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । केही यही वैशाख १५ गते सार्वजनिक भएको थियो ।