देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवन साथीको सम्झनामा देवीको मन्दिर

देशान्तर

दाङ। यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गरेका हुन ।

धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी भगवती मन्दिर निर्माण गरेका हुन । मन्दिरको अक्षतृतीयाको अवसरमा शनिबार उद्घाटनसमेत गरिएको छ ।

वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

यहाँका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच गरिएको छ । दाङ घोराहीको तेरौटेमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाको आँखा जाँच गरिएको हो ।

रिपोर्टर्स क्लब, दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको संयुक्त आयोजनामा शनिवार गरिएको निःशुल्क आँखा जाँच शिविरमा दुई दर्जन बढी वृद्धवृद्धालाई सेवा दिएको थियो ।

आँखा शिविरमा चारजना वृद्धवृद्धाको आँखाको दृष्टि गुमेको र चारजना वृद्धवृद्धाको आँखामा मोतिबिन्दुका कारण आँखा नदेख्ने समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक अधिकृत शालीकराम गौतमले जानकारी दिए ।