देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी खानेकुरा बढी भए स्मरण शक्ति घटाउँछ

देशान्तर

हामी जो कोहीलाई पनि स्फूर्त, निरोगी अनि तेजिलो हुन मन लाग्छ । हाम्रो शरीरिक बनोट त्यस्तै बनाउनका लागि हामी सकेसम्म कोशिस गरिरहेका हुन्छौं पनि । कोही योगा गर्छाैं त कोही नयाँ नयाँ खानेकुराहरु खान्छौं कोही भने औषधीसमेत पनि खान पछि पर्दैनौ । तपाईहरुलाई थाहा छ, रामदेव वावा त्यसैकारण नै चर्चामा आएका हुन नि ।

उनको योगा कक्षादेखि उनको कम्पनीबाट उत्पादित घिउ, चामल, सावुन, स्वाम्फू पाउडर आदि इत्यादि । उनको कम्पनीबाट उत्पादित विभिन्न वस्तुको प्रयोगबाट मानिसहरु फाइदा लिन चाहन्छन् । तर हामीले दैनिक जिवनमा प्रयोग गरिने केही चिजहरुबाट हामीलाई वेफाइदा भइरहेका हुन्छन् । जसको हामी वास्ता गर्दैछौं ।

 १) चिनि :  स्वास्थ्यको सबालमा चिनी जहिले पनि बेफाइदाजनक मानिन्छ । तोकिएको भन्दा बढी चिनि खादा दिमागमा अशर गर्ने पछिल्लो एक अध्ययनले देखाएको छ । चिनी बढी खाँदा समरणशक्ति हराउछ, सिक्ने क्षमता गुम्छ र श्रवणशक्तिमा समेत ह्रास आउँछ ।

२) बढी चिल्लोः बढी चिल्लो खानेकुरा खाने महिलाहरुको श्रवणशक्ति  र स्मरणशक्ति हराउने एउटा नयाँ अध्ययनले देखाएको छ ।

३) चुइङगमः चुइङगमले पनि श्रवणशक्ति हराउने विभिन्न अध्ययनले देखाएको छ । चुइङगमले सबैभन्दा बढी स्मरणशक्तिमा हस ल्याउने अनुसन्धानकर्ताको भनाई छ त्यस्तै कार्बोहाईड्रेडयुक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गरिदिन्छ । कार्बोहाईड्रेडयुक्त खानको सोझै सम्बन्ध स्मरणशक्ति र श्रवणशक्तिमा हुने भएकोले यस्तो खानाको अभावमा श्रवणशक्ति गुम्छ ।

४) नुनिलोः नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्छ । यसबाहेक नुनले दिमाग र समग्र स्मरणशक्तिलाई असर गर्छन् ।

५) जंक फुडः जंक फुड कुलत हो । र, यो कुलतले दिमाग र स्मरणशक्ति गुमाउँछ । जंकफुडले डिप्रेसन र एंग्जाईटी समेत गराउँछ । जंक फुडले अल्जाईमर्स रोग लाग्छ ।

६) फ्राई खानेकुराः कतिपय स्वस्थ खानेकुरा पनि फ्राई गरेर खाँदा अस्वस्थ हुन्छ । जस्तै माछा खानुका स्वास्थ्यमा फाइदा हुन्छ । तर त्यही माछालाई फ्राई गरेर खाँदा स्वास्थ्यमा समस्या निम्त्याउँछ । अन्य खानेकुरा र मासु पनि फ्राई गर्दा दिमाग कमजोर र श्रवणशक्ति हराउँछ।