देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नियमित अण्डाकाे सेवन गराैं, फाइदा त कति हाे कति ?

देशान्तर

अण्डामा भिटामिन ए, बी१२, डी र इ समेत प्रसस्त मात्रामा पाइन्छ । त्यतिमात्र होइन, अण्डाका अरु प्रशशस्त फाइदा पनि छन । अण्डाको नियमित सेवनले

तनाव कम गर्छ ।

अण्डामा भिटामिन बी १२ पाइने भएकोले तनाव कम गरिदिन्छ । अण्डाको सन्तुलित प्रयोगले तनाव कम गरेर कुनैपनि काममा उत्तरदायी हुन मद्धत गर्दछ । यसले डिप्रेसन हुनबाट रोक्छ ।

अण्डा खाएपछि भिटामिन बी १२ र डी प्राप्त हुन्छ । यी चीज प्राप्त भएपछि कुनै पनि मानिसको दिमाग तेज हुन्छ । अण्डामा एकप्रकारको कोलाइन नामक तत्व पाइन्छ । जसले न्यूरो प्रसारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले स्मरण शक्ति ह्वात्तै बढाइदिन्छ ।

वजन ठिक राख्छ

अण्डाको सेवनपछि भोकसमेत कम लाग्ने हुनाले यसले वजनलाई सन्तूलित राखिदिन मद्धत गर्दछ ।

आँखा तेजिलो बनाउछ

खानामा अण्डाको प्रयोगले मोतियाबिन्दुको खतरा कम हुन्छ । साथै,आँखाको मांशपेशी मजबुत बनाउछ ।

बालकको शरीर मजबुत राख्न मद्धत गर्छ बालबालिकाहरुका लागि अण्डा महत्वपूर्ण खानेकुरामा पर्दछ । प्रोटिनको श्रोत भएकोले पनि बालबालिकाहरुका लागि यसले शारीरिक र मानसिक तन्द्रुस्ती राख्न मद्धत गर्दछ । बालबिकासमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

अनुहार चम्किलो राख्छ

अनुहार चम्किलो बनाउन पनि अण्डाको प्रयोग गरिन्छ ।