देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैँ

देशान्तर

काठमाडौँ । सरकारल बुधवार र विहिवार देशभरका छ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । बाल स्वास्थ्य महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षमुनिका करिब २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि ‘अल्वेन्डाजोल’ पनि खुवाइने जानकारी दिए ।

उनले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने हुनाले सबैलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन आग्रह गरे । देशभरका ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेवकलाई भिटाभिन ‘ए’ कार्यक्रमका लागि परिचालन गरिएको छ । वर्षको दुई पटक वैशाख र कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमका लागि झन्डै १० करोड रुपैयाँ खर्च हुने बताइएको छ ।